अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । सेती अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा अछाम मेल्लेकका ३२ वर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

योसँगै नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४३ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा ६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । त्यस्तै ११२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा आज मात्रै ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?