२०७७, १२ जेष्ठ सोमबार १५:४६

मन्त्रीपरिषद् बैठक बस्दै


प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार १५:४६

काठमाडौं । आज (सोमवार) मन्त्रीपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बैठडक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

आज बस्ने बैठकमा संविधान संशोधन र विश्वका विभिन्न देशमा कोरोनाको कारण अति जोखिममा परेका नेपालीहरुलाई ल्याउने विषयमा छलफल हुने बुझिएको छ ।

सरकारले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको थियो । मंगलवार(भोलि) बस्ने संसदको बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्न लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले त्यसैसँग सम्बन्धित विषयमा छलफल गर्न लागेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस