बालकलाई ४ वर्ष कैद

हेटौंडा, ३ फागुन – जिल्ला अदालत मकवानपुरको बाल इजलासले बालिका बलात्कार गरेको ठहर गर्दै १५ वर्षीय एक बालकलाई ४ वर्ष कैदको फैसला गरेको छ । पीडकबाट बालिकालाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ न्यायाधीश खडानन्द तिवारीको इजलासले बारा खटनिया गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । बालिका ०७३ चैत ७ गते बलात्कारमा परेकी थिइन् । पीडकलाई ०७३ चैत ८ गते प्रहरीले हेटांैडाको एक होटलबाट पक्राउ गरेको थियो, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?