आज लकडाउनको ६३ औं दिन, ६ सय ७५ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लकडाउनको ६३ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन थप कडाई गर्न थालिएको छ । उपत्यकाका मुख्य सडकहरु भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् ।

प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि गल्लिमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?