काठमाडौं । सोमबार रौतहटमा एकैदिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिनेमा रौतहट राजपुर फरहदवा २, ६ ८ र इशनाथ २ का १८, १९,२२, २७, ३०, ३१, ३३,३५,३५,३५, ३६,३६,३६,३८,४०,४०,४०, ४२,४३,४८,४८,४८,४९,५०,५१ र ५३ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यससँगै नेपालमा आज मात्रै ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटमा आज थपिएका २६ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया