समानुपातिकमा यसरी चम्कियो चूडामणि खड्काको भाग्य

काठमाडौं, २ फागुन – नेकपा माओवादी केन्द्रबाट गोरखा जिल्ला इन्चार्ज चूडामणि खड्का समानुपातिक सांसद निर्वाचित भएका छन् । माओवादीले गोरखाकै अर्का नेता हितराज पाण्डेको नाम समानुपातिक सूचिमा सिफारिश गरेको भएपनि निर्वाचन आयोगले अस्विकार गरेपछी  अन्तिम समयमा खड्काको नाम पठाइएको हो माघ २९ गते माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचीमा खस आर्य पुरुष क्लस्टरमा १ नम्बरमा रहेका हितराज पाण्डेको नाम समावेश थियो तर आयोगले अपांग क्लस्टरबाट कोही नपरेको भन्दै सूची सच्याउन माओवादीलाई आग्रह गरेको थियो । सोहि अनुसार माओवादीले पाण्डेको नाम काटेर खड्काको नाम आयोग पठाएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट मानिने खड्का जनयुद्धका घाइते हुन् । प्रचण्डका स्वकिय सचिवको रुपमा समेत कुशल भूमिका निर्वाह गरेका उनी बाबुराम भट्टराईले नयाँ शक्ति खोलेपनि भूगोलतर्फको राजनीतिमा लागेका थिए माओवादी केन्द्रबाट १७ समानुपातिक सांसद बन्दा खड्का एक्ला पुरुष बन्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?