काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४६ हजार ७१९ जनाको मृत्यु भईसकेको छ भने ५५ लाख २६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २३ लाख २ हजार २७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुनेहरुको संख्या ९९ हजार ३०० पुगेको छ भने १६ लाख ८६ हजार ४३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ५१ हजार ७०२ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार २३१ जनाको मृत्यु भएको छ भने ३ लाख ७१ हजार १९३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा कोरोना भाइरसको महामारीका कारण ११ हजार १३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ३८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आईतवार मात्रै अमेरिकामा १९ हजार ६०८ जना संक्रमित थपिएका छन् भने आईतवार नै ६१७ जनाको मृत्यु भएको छ ।
अमेरिकामा मार्च ३० देखि पहिलोपटक कोरोनाबाट मृतकको संख्यामा कमी आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया