अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा

काठमाडौँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ । यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया करिब सकिएको छ तर जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने बताए  । पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?