सर्वसाधारण जनतालाई र्‍यापिट टेस्ट, भीआईपीलाई पीसीआर

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य अनुसन्धान परिषद्लगायतले अयोग्य भनी प्रयोग नगर्न सुझाव दिएको र्यापिड टेस्ट किटको प्रयोग बढिरहेको छ । यो परीक्षण भरपर्दो नभएको र जनमानसमा भ्रम पैदा गरिरहेको अवस्थामा यही टोलीले जसरी पनि र्यापिट परीक्षण नै गर्ने अडान लिएर ठेकेदारलाई खुसी बनाउँदै छ ।

सर्वसाधारण जनतालाई र्यापिट टेस्ट गरेको सरकारले स्वास्थ्य मन्त्रालय तथा मन्त्रीलाई पीसीआर परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालदेखि राज्यमन्त्री नवराज राउत, सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलगायत मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूको मन्त्रालयभित्रै कोराना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।
जेठ ५ गते मन्त्रालयकै हेल्थ इमरजेन्सी अपरेसन सेन्टरमा आयोजित बैठकमा सहभागी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका उच्च पदस्थ व्यक्तित्वहरू अत्तालिएका छन् । त्यसैले मन्त्रालयका मन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरू यति बेला उहाँसँगै बसी बैठक बसेका कारण पीसीआर परीक्षणमा उत्रेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?