नेकपामा अध्यादेश विवाद सेलाउन नपाउँदै फेरि एमसीसी विवाद

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यादेश विवाद सेलाउन नपाउँदै फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद बढेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसद्को चालू अधिवेशनबाटै अनुमोदन गराउने अडानमा रहनुभएको छन भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको प्रतिवेदनअनुसार संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडानमा रहनुभएको छ ।

एमसीसीको विषयमा नेकपाभित्र नै विवाद रहेको छ । एमसीसीको विषय संसद्बाट पारित भएको नीति तथा कार्यक्रमबाटै पारित भइसकेको छ ।

एमसीसीको बारेमा विवाद भएपछि नेकपाले यही महिना वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र पराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?