संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुर क्षेत्रमा सेना परिचालन

कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्र बाँकेको नरैनापुरमा संक्रमित नै भाग्न थालेपछि निषेधित क्षेत्र घोषणा गर्दै एक प्लाटुन सेना परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आइतबार राति ८ बजेदेखि नरैनापुर गाउँपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्दै सेना परिचालन गरिएको हो । नरैनापुरमा ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?