यस्तो छ विश्वमा कोरोना भाइरसको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख ४५ हजार ४ सय ६ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५४ लाख ६२ हजार ६ सय ३८ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै हालसम्म २२ लाख ८६ हजार ८ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार २ सय १९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९८ हजार ८ सय ३४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ९० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ७३ हजार ९ सय १८ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ४९ हजार २५ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा १ सय ५१ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार ३ सय ३० जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा बितेको २४ घण्टामा ५ हजार १ सय २५ जना मानिसलाई कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २२ हजार २ सय २८ जना मानिसको ज्यान गइसकेको छ । भने ३ लाख ५२ हजार ५ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म त्यहाँका १ लाख ४२ हजार ५ सय ८७ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ४१ पुगेको छ । बितेको २४ घण्टामा ८ हजार ५ सय ९९ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४४ हजार ४ सय ८१ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म १ लाख १३ हजार २ सय ९९ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ हजार ३ सय मानिसको अवस्था गम्भीर रहेको छ ।

ीछमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ४ हजार १४ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र भारतमा ६ हजरा ६ सय १८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ३८ हजार ४१ जना पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ५७ हजार ४ सय २९ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ सय जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण १ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २८ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म २ लाख ८२ हजार ३ सय ७० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै १ लाख ९६ हजार ९ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये ८ सय ५४ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

बेलायतमा हालसम्म कोरोनाको कारण ३६ हजार ७ सय ९३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २ हजार ४ सय ५ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ५९ पुगेको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका २ लाख २९ हजार ८ सय ५८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांकका अनुसार त्यहाँ ५ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाको कारण ५० जनाको बितेको २४ घण्टामा ज्यान गएको छ । हालसम्म १ लाख ४० हजार ४ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

पm्रान्समा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ३ सय ३२ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८२ हजार ४ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ । भने ६४ हजार ५ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै जर्मनीमा बितेको २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको र कोरोनाको कारण ५ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण ८ हजार ३ सय ७१ जनाले ज्यान गुमाएका छन् । भने हालसम्म १ लाख ८० हजार १ सय ५३ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ सय १९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४० पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका १ लाख ५६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?