कोरोना संक्रमण देखिएपछि ककनी गाउँपालिकाले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको १९ जना कोरोना संक्रमितमध्ये एकजना नुवानकोट ककनी गाउँपालिका वडा नम्बर-३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सवारी आवतजावतमा पूर्ण रोक लगाएको छ ।

ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्य सेवाका लागि एम्बुलेन्सबाहेक अन्य सवारी साधन तथा बिना काम हिडडुल गर्न पूर्ण बन्देज लगाएको जनाएको हो । यस्तै ककनी वडा नम्बर-३ अन्तर्गतको सबै सरकारी कार्यालय तथा संघसस्थाहरु समेत १० दिनको लागि पूर्ण रुपमा बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

कोरोनाले थप महामारीको रुप लिन नपाओस् भनेर उक्त निर्णय गरेको जनाउदै गाउँपालिकाले नियम उलंघन गर्ने सवारी साधन तथा व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने समेत विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?