यस्तो छ साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । कोरोनाको कारण अहिले विश्वनै त्रस्त छ । गत डिसेम्बर अन्तिम सातामा चीनको वुहानबाट शुरु भउको कोरोना भाइरस अहिले सारा संसार भर फैलिएको छ ।
खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ३९० जना मानिसको ज्यान गइसकेको छ । भने ७२ हजार ५ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै २ हजार ३ सय ९९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ४३ हजार ५ सय २० जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ३ सय ३९ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ४५ हजार १ सय ५७ जना मानिसको मृत्यु भइसकेको छ । भने ५४ लाख ५८ हजार ४ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २२ लाख ८४ हजार २ सय २४ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?