वाम एकतामा सकस, आज पनि जुटेन सहमति

काठमाडौं, २ फागुन– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया केहि पर सरेको छ ललितपुरको एक घरमा बुधबार राती अबेरसम्म बसेको बैठकमा दुई पार्टीबीच सांगठनिक र पार्टीको नीतिबारे कुरा नमिलेपछि फेरि छलफलमा बसेर टुंगो लगाउने गरी सकिएको हो । यो सँगै अझैं केहि समय एकता नहुने देखिएको छ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक निकै सकारात्मक भएको भन्दै सांगठनिक व्यवस्थापन र पार्टीको नीतिबारे निर्णय गर्न दुई कार्यदल बनाइएको जानकारी दिए उनले भोलि पुन एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?