सानिमा जनरल इन्स्योरेन्सको सीइओमा सुद्युम्न उपाध्याय नियुक्त

काठमाडौं । सुद्युम्न उपाध्याय सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।

नवनियुक्त सीइओ उपाध्यायले आइतवारबाट कार्यभार सम्हालेका छन् ।

गत शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ उपाध्याय विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत रहेका छन् । साथै यसअघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ४/४ वर्षको दुई कार्यकाल सकाइसकेका छन् ।

पछिल्लो समय कुलिङ पिरियड बिताउन घरमा बसेका उनी सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उनले बाहिरबाट अनौपचारिक रुपमा सहयोगी भूमिकामा रहेका थिए ।

व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएको कम्पनीमा अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो ।

उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता मात्रै स्वीकृती दिएको थियो ।

सानिमाले सेवा सञ्चालन गरेको २ वर्षपछि उनलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?