केकीको नजरमा कसले आफूलाई पायो? [भिडियो]

काठमाडौं, २ फागुन – केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को नयाँ गीत ‘म तिम्रो नजरमा’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर निर्माण टिमले युट्युबमार्फत गीत सार्वजनिक गरेको हो गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतका शब्द प्रेमिल छन् । गीतमार्फत एकले अर्कालाई पाएका कुरालाई व्यक्त गरिएका छन् ।  बाबु प्रधानले एरेन्ज गरेको गीतलाई भने सुगम पोखरेल र अन्जु पन्त गीतमा स्वर दिएका छन् भने केकी र विनोद फिचरिङमा छन् प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, रविन्द्र झा, विनोद न्यौपाने, बुद्धि तामाङ, कुसाग्र भट्टराई लगायतको अभिनय रहेको चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । फिल्मको कथा उनैले लेखेका हुन् । चलचित्र आउँदो आउँदो बैशाख १४ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?