कोरोनाबाट मृत्यु भएकाहरुलाई ‘द न्युयोर्क टाइम्स’ले दियो अनौठो श्रद्धाञ्जली

काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । अहिलेसम्म ३ लाख ४४ हजार ५८५ जनाको मृत्यु भईसकेको छ ।

यसैबीच अमेरिकाको प्रमुख पत्रिका मध्ये एक द न्युयोर्क टाइम्सले आईतवार एक अनौठो तरिकाबाट कोरोना भाइरसबाट मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली दिएको छ ।

पत्रिकाले आफ्नो पहिलो पेजमा पूरा एक लाख कोरोनाबाट मृत्यु भएका अमेरिकी नागरिकहरुको नाम छाप्दै श्रद्धाञ्जली दिएको हो ।

उक्त पहिलो पेजमा अमेरिकामा महामारीबाट ज्यान गुमाउने करिव एक लाख अमेरिकी नागरिकहरुको नाम छापिएको थियो । तर अहिलेसम्मको आधिकारिक विवरण अनुसार अमेरिकामा ९८ हजार ७५० जनाको मृत्यु भएको छ ।

द न्युयोर्क टाइम्सको पहिलो पेजमा आज न कुनै खबर छापिएको छ न त केहि विज्ञापन । फ्रन्ट पेजमा कोरोना भाइरुसबाट ज्यान गुमाउने अमेरिकी लगभग १ लाख नागरिकको नाम छापिएको छ ।

पत्रिकाले पहिलो पन्नामा यूएस डेथ नियर १०००००, एन इनक्यालकुल्याबल लस अर्थात् अमेरिकामा करिव १ लाखको मृत्यु, अनगिन्ती क्षती मात्र लेखेको छ ।

बिस्तारमा पेजमा बायाँ तिर दे वेअर नोट सिम्पली नेम्स इन अ लिस्ट, दे वेअर अस अर्थात् यो लिस्टमा सिर्फ नाम मात्र छैन, त्यसमा हामी छौँ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?