नेकपा पाँचपोखरी थाङपाल गाउँपालिका ६ नम्बर वडा कमिटिद्वारा सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ६ नम्बर वडा कमिटिद्वारा सहयोग हस्तान्तरण गरेको छ ।

पाँचपोखरीको ६ नम्बर वडा कमिटिको सक्रियतामा पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा स्थापित प्रकोप व्यवस्थापन कोषमा ५० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गाउँपालिका टासी लामाले कोषमा विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग प्राप्त भएको तर कसैलाई सहयोगको आवह्वान नगरिएको बताए । साथै उक्त हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सहयोग रकमको पुर्ण सदुपयोग गरिने र समय समयमा पालिकाको वेबसाईट मार्फत खर्च सार्बजनिक गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त सहयोग रकमको चेक हस्तान्तरण वडा कमिटीका अध्यक्ष नारायण भट्टराई र सचिव दिल बहादुर वाईबा तथा अन्य व्यक्तिहरुको उपस्थिती रहेको नेकपा जिल्ला कमिटी सदस्य एवम पालिका कमिटी सह ईन्चार्ज निर्मल बन्जाराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?