काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा बर्दिया वासगढी (९) का २५ वर्षीय पुरुष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमण पुष्टि हुने अन्य ४ जना बाँकेका रहेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ५ का २४, २३, २३ र १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रतिष्ठानले बाँके, बर्दिया र दाङबाट नमुना संकलन गरी २२९ जनाको नमुना संकलन गरी परीक्षण गरेको थियो । जसमध्ये २२४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ र ५ जनाको पोजेटिभ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया