काठमाडौं । नुवाकोटमा आज भेटिएका कोरोना संक्रमित आफैँ बाइक चलाएर अस्पताल आएका छन् ।
आइतवार बिहान ११ बजे कोरोना पुष्टि भएका उनी एम्बुलेन्स मार्फत काठमाडौं आउन तयार रहेका थिए । तर एम्बुलेन्स नआएपछि उनी आफैँ मोटरसाइकल चढेर काठमाडौं टेकु अस्पताल आएका हुन् ।
उनी लकडाउनको समयमा पनि काठमाडौं आइरहने गरेको खुलेको छ ।
राजनीतिमा संलग्न रहेका उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य रहेको बुझिएको छ । उनी ललितपुरको भैसेपाटी बस्ने गरेको स्रोतले जनाएको छ ।
कोरोना संक्रमित ३९ वर्षीय ती पुरुष ककनी गाउँपालिका वडा नं ३ का बासिन्दा हुन् । राजनीतिमा संलग्न भएका उनी काठमाडौं मात्र होइन अन्य ठाँउमा पनि जाने गरेको खुलेको छ ।
जसका कारण थप जोखिम बढेको त्यहाँको स्थानीय प्रशासनले बताएको छ । त्यस्तै उनी केहिदिन अघि काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागि भएका थिए ।
त्यससँगै आज मात्र नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । ८७ जना कोरोना उपचार गरि घर फर्किएको अवस्थामा ३ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यो समाचार पढ्नु भएको थियो ?
नुवाकोटमा पनि देखियो कोरोना संक्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया