रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ, २ फागुन – इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ निवासी ५१ वर्षीय रुपलाल बोहरालाई प्रहरीको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका–९ वेलुवाबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?