अर्थविद् डा. चन्द्रमणि अधिकारीको सुझाव, सरकारले आगामी बजेट यस्तो ल्याओस्

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बर्तमान परिस्थितिमा आगामी आर्थिक बर्षका लागि करिब १६ खर्बको बजेट र यसमा जिडीपी को ५ देखि ७ प्रतिशत सम्म को प्रोत्साहन तथा राहत प्याकेज ल्याउनु पर्ने अर्थविद् डा चन्द्रमणि अधिकारीले बताएका छन् ।

डा. अधिकारीले आइतवार लोकपथ विशेष आगामी बजेट, सरकारको चुनौति र दायित्व शृंखलामा बोल्दै आजको दिनमा सरकारले अन्धाधुन्ध कार्यक्रमहरुमा कनिका छर्ने बजेट नभएर कोभिड -१९ को संकट बाट मुलुक र जनता लाइ जोगाउन संयमित बजेट ल्याउन अर्थमन्त्रीलाइ सुझाब समेत दिएका छन् ।

कोभिड -१९ र लगातारको लकडाउनको अर्थतन्त्रमा परेको प्रभावको मुल्यांकन गर्दै सरकारले अब नयाँ प्राथमिकता र पुराना परियोजनालाइ निरन्तरता दिनुपर्ने डा चन्द्रमणी अधिकारीले बताए । कोभिड १९ को अर्थतन्त्रमा पर्ने प्रभावको यथार्थ मुल्यांकन हाल सम्म हुन् नसकेको तथा अझै यसले स्वास्थ्य, मानव जीवन र अर्थतन्त्रमा कुन स्तरको प्रभाव पर्ने छ सो को अन्दाज गर्न नसकिने अवस्थामा किन पूर्ण बजेट आवश्यक हुन्छ भन्ने लोकपथ को जिज्ञासमा डा अधिकारी सरकारले पुरक बजेट होइन तर यथार्थपरक बजेट ल्याउनु पर्ने बताउँछन ।

मितव्ययिताको लागि अब सरकारले पहिला आफु र आफ्नो खर्च घटाउनु पर्छ भन्दै डा अधिकारीले अर्थमन्त्रीले यो बजेटमा सांसद विकास कोष जस्ता अनुत्पादक खर्चलाइ हिम्मतका साथ कटौती गर्नुपर्ने मा जोड दिए । आयतित बस्तुमा भन्सारदर वृद्धि नै गर्दा पनि सम्भावित चोरी निकासीबाट हुनसक्ने अर्को नोक्सानीलाइ समेत ध्यानमा राख्दै राजस्व दरहरु कायम गरिनुपर्ने डा अधिकारी बताउँछन् ।

आगामी दिनमा वैदेशिक सहायता न्यून हुनसक्ने भन्दै आन्तरिक कर्जाको मात्र भरमा सरकारले बिस्तारित बजेट ल्याउन नहुने जनाउँदै डा अधिकारीले सरकारलाई सम्भावित अत्याधिक मुद्रास्फ्रितीको समेत ध्यान पुर्याउन अनुरोध गरेका छन् । सरकारले नागरिकहरुलाई राहत प्रदान गर्दा कामको बादलामा राहतको अवधारण अघि सर्नु पर्ने र अतिनै संबेदनशील समुहलाई मात्र नगद अनुदान र सहायता प्रदान गर्नुपर्ने अर्थविद डा चन्द्रमणि अधिकारीले सुझाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?