शुरु भयो मिथिला परिक्रमा

महेन्द्रनगर, धनुषा, २ फागुन – विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा शुरु भएको हो फागुन कृष्णपक्षको आँैसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको हो । आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु भोलि बिहीबार बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रुपमा शुरुआत हुने परम्परा रहेको रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवले बताउनुभयो महाशिवरात्रिलगत्तै शुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ । धार्मिक झाँकी भजन कीर्तनसहित परिक्रमाको डोला आज जनकपुरबाट शुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुग्नेछ । परिक्रमामा सहभागीहरु क्रमशः फूलहरको गिर्जास्थान हँुदै महोत्तरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्परिक रुपले यो परिक्रमा आयोजना हुँदै आएको छ । हजाराँैको सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीहरुको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागीहरु दिनभरि यात्रा गर्छन् र भजनकीर्तन तथा सत्संग गरेर रात बिताउँछन् नेपाल र भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटूट आस्था रहेको पाइन्छ । मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आइएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछन् परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित लालबाबु झाले बताउँछन् । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस पर्वमा सहभागी हुने गर्दछन् मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दूरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हँुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ । तर यो परिक्रमा अचेल सधुसन्तको सीमित संख्याले मात्र गर्ने गरेको कुरा जानकी मन्दिर जनकपुरका महन्थ तपेश्वर दासले बताउनुभयो । बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा रहेको महन्थ दासले बताउनुभयो केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्व. महन्त बाबा नारायण दासजीले करिब १५० वर्षपूर्वदेखि २०० वर्षसम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्म्यको निर्देशअनुसार प्रारम्भ गरेको बताइन्छ । त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु तथा बाजागाजासहित परिक्रमा गरेका थिए । पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताउनुभयो माध्यमिकी परिक्रमामा करिब साठी वर्षअघिदेखि मिथिला महात्म्यको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले ७० वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकीकरण गर्नुभयो । उहाँको निधनपछि मिथिला महात्म्यको कथा वाचन गर्ने काम उहाँका शिष्य सियाराघव शरणले गरिरहनुभएको छ । मिथिलाञ्चालको सांस्कृतिक धरोहरका रुपमा रहेको परिक्रमा यात्रीले प्रयोग गर्ने सडकमार्गको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् जनकपुर तथा सडक डिभिजन कार्यालय मुजेलियाले परिक्रमा सडक भनेर निर्माण कार्य थालेका छन् । पहिलो चरणको निर्माण कार्यअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पकडियादेखि महोत्तरीको हरिहरपुर हरिणमरीसम्म कालोपत्र सडक निर्माण भइसकेको छ यस्तो छ परिक्रमा पथपहिलो दिनः फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर (कुवा) हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १६० वर्षअघि स्थापित मन्दिर छ दोस्रो दिनः दोस्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टि तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कलाणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो तेस्रो दिनः तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमिर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ चौथो दिनः यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महत्वका १२ मन्दिर तथा आठवटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा अरु मठहरु छन् पाँचौँ दिनः मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ छैटौँ दिनः यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुईवटा आकर्षक पोखरी छन् सातौँ दिनः सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ आठौँ दिनः यात्रीहरुको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ नवौँ दिनः यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाअर्चना गर्छन् दशौँ दिनः यस दिन यात्रीहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको घना वन क्षेत्रले यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ एघारौँ दिनः यात्रीहरुको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ बाह्रौँ दिनः यात्रीहरुको बाह्रौँ दिनको गन्तव्य औरही हो । जनकपुर–जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् तेह्रौँ दिनः भारतको विशौल परिक्रमा यात्रीको तेहौँ दिनको गन्तव्य हो चौधौँ दिनः चौधौँ दिन परिक्रमा यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कलाणेश्वर नजिकै छ पन्ध्रौँ दिनः यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोशी परिक्रमा (अन्गगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन र पूजा गरी घर फर्कन्छन् यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ । परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । माध्यमिकी परिक्रमा क्षेत्रको अधिकांश भूभाग नेपालमा पर्ने गर्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारीलगायत गैरसरकारी क्षेत्रका संस्थाहरु प्रयासरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?