काठमाडौं । नेपालका ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
आज नुवाकोट जिल्लामा संक्रमण पुष्टि भएसँगै ४२ जिल्लामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?
पर्सा ९४
रुपन्देही ४३
उदयपुर ३३
कपिलवस्तु ८०
बाँके १४२
काठमाडौं १४
धादिङ २
कैलाली ७
बारा १२
धनुषा ९
रौतहट २३
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ३
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २
सर्लाही ३३
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी २
खोटाङ १
दैलेख १
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
नुवाकोट १
जम्मा: ६०३
आज थपिएका कोरोना संक्रमितको यस्तो छ विवरण:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा मोरङ बारदशी ३ का ४५ वर्षीय पुरुषमा संक्रमण पोेजेटिभ देखिएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगञ्ज पर्साका २५ वर्षीय, पर्साका ३४ वर्षीय पुरुष र पर्साकै नागबाका ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै रुपन्देहीका १६ वर्षीय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षीय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुष, गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । ८७ जना उपचारपछि निको भएर घर फर्किका छन् भने ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया