बुटवल, २ फागुन – प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको छ प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो एमाले र नेकपा (माओवादी केन्द्र) को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘५ नं प्रदेशमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख छ नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया