क्वारेन्टाइनमै मदिरा पुर्याउँदा…

चितवन । क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।

राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।

उनका अनुसार थपलियाले वुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो ।\

प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?