१० आश्विन २०७९, सोमवार

पार्टी संस्थागत ढङ्गले चल्न सकेन : नेता सिंह

२०७४,आश्विन,४,बुधबार ०८:५७

0
Shares

काठमाडौँ, ४ असोज ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वा्चित गराउन मतदातालाई आग्रह गरेका छन ।नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आज आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान’ कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा काँग्रेसलाई निर्वा्चित गराउन आग्रह गरेका हुन ।नेता सिंहले काँग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै काँग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गरे । नेता सिंहले काँग्रेसले गरेका कामहरु आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए ।काँग्रेस पूर्वमहामन्त्री सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसक्दा कार्यकर्ताप्रति निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०८:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवासुविधा बुझेको

काठमाडौं । राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आईतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग,

ताजा समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान
 २०७९,आश्विन,१०,सोमवार ०८:३१
यस्तो रहनेछ आजको मौसम
 २०७९,आश्विन,१०,सोमवार ०८:२८
चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो
 २०७९,आश्विन,१०,सोमवार ०७:२३