कुरुक्षेत्रमै किन लडिएको थियो महाभारतको युद्ध ?

काठमाडौं । महाभारतको युद्धका बारेमा धेरै कुरा त हामीलाई थाहा नै छ । भारतवंशमा राजा कुरुले उक्त भूमीलाई बारम्बार जोतेका थिए ।

जसका कारण नै उक्त क्षेत्र कुरुक्षेत्रको रुपमा प्रख्यात भएको थियो ।राजा कुरुलाई देवराज ईन्द्रले नै वरदान दिएका थिए कि, जो कोहि व्यक्ति त्यहाँ युद्धका क्रममा वीरगति प्राप्त गर्दछन्, उनीहरु स्वर्ग जान्छन् ।

यसै कारणले गर्दा महाभारतको युद्ध कुरुक्षेत्रमा लडिएको थियो ।

यसरी अगाडि बढेको थियो कुरुवंश

वास्तवमा राजा कुरुको विवाह शुभांगीसँग भएको थियो । उनीबाट विदुरथ जन्मिएका थिए । विदुरथको सम्प्रियासँग विवाह भयो । उनीहरुबाट अनाश्वा जन्मिए ।

अनाश्वाको विवाह अमृतासँग भयो । अमृता र अनाश्वाबाट परिक्षितको जन्म भयो । परिक्षितको सुयशासँग विवाह भयो ।

उनीहरुबाट भीमसेनको जन्म भयो । भीमसेनको कुमारीसँग विवाह भयो । उनीहरुबाट प्रतिश्रावाको जन्म भयो प्रतिश्रावाले सुनन्दासँग विवाह भयो ।

सुनन्दाबाट तीन पुत्र देवापी, बाह्लीक र शान्तनुको जन्म भएको थियो । देवापी किशोरावस्थामै सन्यासी भएभने बाह्लीक युवावस्थामा आफ्नो राज्य बिस्तारमा लागे ।

जसका कारण कान्छो छोरा शान्तनुले रागद्दी पाएका थिए । त्यस्तै शान्तनुले गंगासँग विवाह गरे । उनीहरुबाट देवव्रतको जन्म भयो ।

उनी भीष्म पितामहको नामले प्रसिद्ध छन् । भीष्मको वंश अगाडि बढ्न सकेन । किनभने उनी आजीवन व्रह्मचारी बस्ने कठोर प्रतिज्ञा लिए ।

सान्तनुकी दोश्री पत्नी सत्यवती थिइन् । उनबाट चित्रांगत र विचित्रवीर्यको जन्म भएको थियो । चित्रांगदको मृत्यु युवा अवस्थामा भएपछि विचित्रवीर्यले राजगद्दी सम्हाले । उनको विवाह काशीकी राजकुमारी अम्बिका र अम्बालिकासँग भएको थियो । उनीहरुबाट धृतराष्ट्र र पाण्डुको जन्म भयो ।

ईन्द्रले दिएका थिए राजा कुरुलाई वरदान

महाभारतका अनुसार कुरुले जोतको उक्त क्षेत्र कुरुक्षेत्रको रुपमा परिचित भएको थियो । एक दिन राजा कुरु त्यहाँ जोतीरहेका थिए ।

त्यहि बेला ईन्द्रले जोतेको कारण बुझे । तब राजा कुरुले जो पनि व्यक्ति यो स्थानमा मर्छ त्यो व्यक्ति ईन्द्रलोकमा जाओस् भन्ने मेरो ईच्छा छ ।

यो सुनेर ईन्द्र मज्जाले हास्न थाले र स्वर्ग गए । फेरी पछि ईन्द्रले आएर राजा कुरुलाई त्यहाँ निराहार बसेको बेला कोहि मर्यो वा युद्धका बेला वीरगति प्राप्त भएमा स्वर्ग जाने वरदान दिए ।

के छ कुरुक्षेत्रको महत्व ?

महाभारत र अन्य पुराणमा कुरुक्षेत्रको बारेमा धेरै व्याख्या गरिएको छ । महाभारतको वनपर्वका अनुसार कुरुक्षेत्रमा जाने सबै मानिस पापमुक्त हुन्छन् ।

नारद पुरुणका अनुसार ग्रह नक्षत्र एवं तारागणहरु पुनः पृथ्वीमा खस्ने भय हुन्छ । तर जो कुरु क्षेत्रमा मर्दछ ।

त्यो व्यक्ति कहिल्यै पृथ्वीमा आउनु नपर्ने मान्यता छ । अर्थात् त्यो व्यक्तिले पुनः जन्म लिनेछैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?