काँग्रेसले हारेपनि देशले जितेको छः पाण्डे

अछाम, २ फागुन – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बद्री पाण्डेले नेपाली काँग्रेसले हारे पनि मुलुकले जितेको बताउनुभएको छ आज साफेबगरमा आयोजित प्रथम अछाम महोत्सवको उद्घाटन गर्दै नेता पाण्डेले काँग्रेसका तीनजना सभापतिले मुलुकका लागि महत्वपूर्ण योगदान गरेकाले मुलुकले सधैँ जितिरहने विचार व्यक्त गर्नुभयो “गिरिजाप्रसाद कोइरालाले सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो, ठूलो संघर्षका बाबजुद सुशील कोइरालाको नेतृत्वमा संविधान जारी ग¥याँै”, उहाँले भन्नुभयो, “काँग्रेसका अहिलेका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संविधान कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न ग¥यौँ ।”प्रथम अछाम महोत्सव शुरुप्रथम अछाम महोत्सव आजबाट जिल्लाको मुख्य व्यापारिक केन्द्र साफेबगरमा शुरु भएको छ । ‘स्थानीय उत्पादन, कृषि, उद्योग, संस्कृति एवम् पर्यटन विकासका लागि प्रथम अछाम महोत्सव’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक, प्राकृतिक, जैविक महत्वका पर्यटकीय सम्भावनाको पहिचान, व्यापारिक कारोबारको प्रचार, स्थानीय लोक संस्कृति तथा उत्पादनको संरक्षण एवम् प्रवद्र्धन गर्न र जिल्लाका पर्यटकीय रमणीय क्षेत्रको पहिचान गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अछाममा भित्र्याउने उद्देश्य पनि महोत्सवको रहेको छ महोत्सवको आम्दानीबाट जिल्ला स्वास्थ कार्यालय अछामलाई एम्बुलेन्स प्रदान गरिने, पर्यटकीय विकासका लागि रामारोशनमा होमस्टेको स्थापना गरिने, १० वटै स्थानीयतहमा कार्यक्रम सञ्चालनका लागि मञ्चको स्थापना गरिने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष महेन्द्र कडायतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?