भारतबाट फर्केकामा पिसिआर परीक्षण

पाल्पा । सीमानामा अलपत्र नागरिकलाई उद्धार गरिएको छ ।

पाल्पाका स्थानीय तहको पहलमा कृष्णनगर र सुनौली नाकामा अलपत्र अवस्थाका युवकयुवतीलाई पाल्पा ल्याइएको छ ।

भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।

भारतबाट पाल्पा आउनेलाई क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसिआर गरिएको छ ।

रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा तीन, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहुँका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टिनमा पिसिआर परीक्षण गरिएको संयोजक भट्टराईले बताए ।

कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको छ ।

कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७ र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टाइनमा राखिएको संयोजक भट्टराईले बताए ।

तानसेनस्थित होल्डिङ क्वारेन्टाइनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए।

कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?