५४ लाख नाघे विश्वभर कोरोना संक्रमित

विश्वभर कोरोनाभाइरसबाट ५४ लाख बढी मानिस प्रभावित भएका छन् । आइतबार बिहान कूल संक्रमतिको संख्या ५४ लाख ४ हजार नाघेको हो ।
यस्तै कोरोनाभाइरसको संक्रमणबाट बितेको २४ घण्टामा थप ४ हजार १८३ जनाको मृत्यु भएको छ।
मृतकमध्ये अमेरिकाका मात्रै १ हजार ३६ जना रहेको वर्ल्डेमिटर्सले जनाएको छ ।
यस्तै २२ लाख ४४ हजार बढी निको हुँदा हालसम्म कूल मृतकको संख्या ३ लाख ४३ हजार ६०८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?