काठमाडौं । कोरोना भाइरसको महामारी यति बेला जताततै व्याप्त छ । विश्वमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ लाख ४३ हजार ९७५ जनाको मृत्यु भईसकेको छ भने ५४ लाख ३ हजार ९७९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २२ लाख ४७ हजार २३० जना स्वास्थ्इोपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ९८ हजार ६८३ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ६६ हजार ८२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ लाख ४६ हजार ९१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार ११२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६९ हजार ६५६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा ११ हजार ८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ७१३ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शनिवार मात्र २१ हजार ९२९ जनालाई संक्रमण भएको छ भने शनिवार नै अमेरिकामा १ हजार ३६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया