वर्षाले किसानलाई राहत, उच्च क्षेत्रमा हिमपात

तेह्रथुम, २ फागुन – आज अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमिन बाँझै रहेको थियो वर्षाले किसानलाई ढिलै भए पनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान सोमनाथ आचार्यले बताउनुभयो । “पानी नपरेर बारी बाँझै थियो, अब बाँझो फोडेर मकै छर्न बाटो खुलेको छ,” उहाँले भन्नुभयो । बुधबारको वर्षाले सबै क्षेत्रको जमिन राम्रोसँग नभिजे पनि अब निरन्तर वर्षा हुने आशा किसानले राखेका छन् । जिल्लामा गत असोजयता वर्षा भएको थिएन असोजयता जिल्लामा वर्षा नहुँदा जिल्लाको ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । त्यतिका जमिनमध्ये अहिले पनि बाह्रैमास सिँचाइ हुने जमिन करिब छ हजार हेक्टर मात्रै छ । बाँकी रहेको बाँझो जमिनमा खेती लगाउन हिउँदे वर्षाले सहयोग पु¥याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो वर्षाले जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकै लगायतको कृषि बाली लगाउन सहज बनाएको किसानले बताएका छन् । वर्षा भएपछि किसानलाई बाली लगाउन बाटो खुलेको हमरजुङका किसान बमप्रकाश लिम्बूले बताउनुभयो । बुधबार वर्षासँगै केही क्षेत्रमा असिनासमेत परेको छ । असिनाले केही फलफूल बालीमा क्षति पु¥याए पनि हिउँदे बाली लगाउनका लागि भने सहज बनाएको किसान लिम्बूले बताउनुभयो वर्षासँगै उच्च क्षेत्रमा हिमपातवर्षासँगै जिल्लाको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । उच्च क्षेत्रमा वर्षकै सर्वाधिक हिमपात भएको हो । तीनजुरे मिल्के जलजले क्षेत्रको तीनजृुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडामा हिउँ परेर सेताम्मे भएको छ । गुफाबजारमा बुधबार दिउँसोबाट निरन्तर हिमपात भइरहेको स्थानीयवासी मञ्जु खनालले जानकारी दिनुभयो । “करिब दुई फिट हिउँ परेको छ,” उहाँले भन्नुभयो, “वर्षासँगै हिउँ परेकाले यो वर्षकै उच्च हिमपात हो ।” हिउँ परेपछि वसन्तपुर र आसपासका डाँडामा गाउँले हिउँ खेल्न पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?