२०७८,श्रावण,११,सोमवार

पहिलो चरणमा करिब एक हजार चार सय कर्मचारी सरुवा

२०७४,आश्विन,४,बुधबार ०८:२६


काठमाडौँ, ४ असोज ।सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङ्ग्याएको छ ।पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिए ।काफ्लेले पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताए ।यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ । काफ्लेका अनुसार उपसचिव ११७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।यस्तै नायब सुब्बा ७६६ र खरिदार ४६१ सरुवा गरिएका छन् । ती सरुवा सबै निर्वाचन आयोगको सहमतिमा मन्त्रालयले गरेको हो । उनले सरुवा गरिएका कर्मचारीले पत्रसमेत लिन थालिसकेको बताए ।मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा विगत जस्तै नियमित सरुवा भने गरेको छैन । निर्वाचन आयोगले भदौमा १२ र १४ गते मन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेको थियो ।शाखा अधिकृत काफ्लेका अनुसार स्थानीय विकास मन्त्रालयले थप स्थानीय तहलाई कर्मचारी माग गरेको खण्डमा मन्त्रालयले पठाउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०८:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४