कोरोना विश्व अपडेट: २२ लाख २६ हजार बढी उपचारपछि घर फर्किए (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म विश्वभर ५३ लाख ७७ हजार ९ सय २७ जना संक्रमित भएका छन् । त्यस्तै वल्डोमिटरका अनुसार विश्वभर कोरोनाको कारण ३ लाख ४२ हजार ८ सय २८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी २२ लाख २६ हजार ४ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ५३ हजार ४ सय ९१ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?