चन्द्रमा नदेखिएपछि सरकारले रद्ध गर्‍यो भोलिको बिदा, सूचना हेर्नुस्

काठमाडौं । इदुल फित्रको अवसरमा सरकारले घोषणा गरेको सार्वजनिक बिदा परिवर्तन भएको छ ।

मन्त्रीपरिषदको शुक्रबारको बैठकले आइतबार सार्वजिक बिदा दिने निर्णय गरेकोमा आज चन्द्रमा नदेखिए पछि आइतबार मुस्लिम समुदायले पर्व नमनाउने भएका छन् ।

सो अनुसार मुस्लिम आयोगले १२ गते मनाउने र सो दिन बिदा दिन आग्रह गरेपछि १२ गतेलाई नै बिदा कायम गरेको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?