ब्राजिलमा अमेरिकापछि धेरै कोरोना संक्रमित

ब्राजिलमा कोरोनाभाइरसको संक्रमण भयावह बनेको छ । हालसम्म ब्राजिलमा ३ लाख ४० हजार बढीमा संक्रमण देखिएको छ भने २१ हजार ६०० बढीको मृत्यु भइसकेको छ ।
यसैगरी आजमात्रै ब्राजिलमा १० हजार हाराहारीमा संक्रमित थपिइसकेका छन् । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
बा्रजिलमा अहिलेसम्म १ लाख ३५ हजार जति संक्रमित निको भएका छन् ।
समाचारअनुसार बा्रजिलमा संक्रमतिको संख्या अमेरिकापछिकै धेरै हो ।
अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १२ लख नजिक पुगेको छ । हालसम्म अमेरिकामा ९८ हजार १०० जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
यस्तै शनिबारसम्म अमेरिकामा १६ लाख बढीमा कोरोना संक्रमण हुँदा ११ लाख बढीको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?