मध्यरातमा पारस शाह सवार गाडीले गरायो दुर्घटना

गएराति पूर्वयुवराज पारस शाह सवारी गाडीले दुर्घटना गराएको छ। तीब्र गतिमा रहेको पारस सवार बा १४ च २१३१ नम्बरको गाडीले यो दुर्घटना गराउँदा पोखरामा एक गोरु मरेको छ ।
दुर्घटनापछि पारस र उनका २ साथी भने सकुशल रहेको बताइएको छ ।
शाह चढेको गाडीले पोखराको मुख्य बजार केन्द्र पृथ्वीचोकमा गएरति गोरुलाई ठक्कर दिएको थियो ।

शाहलाई मध्यरातमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगीहरुले उपचारको लागि गण्डकी अस्पतालतर्फ लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नरहरि अधिकारीले गाडीमा सवार तीनै जनाले मादक पदार्थ सेवन गरेको नपाइएको बताए । उनले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?