भ्रष्टाचारको आरोपमा पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पक्राउ

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई स्वदेश फर्किए लगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह-आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताएका छन् ।

एटेले भने, “घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो ।”

पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।

ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उनलाई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिवार नै रिहा गरिने बताए ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट बिदा दिएका थिए। उनलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?