हेर्नुहोस् २०७७ साल जेठ ११ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ ११ गते । आईतवार । इ.स.२०२० मे २४ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– द्वितीया,२४ बजेर १९ मिनेट उप्रान्त तृतीया ।

नक्षत्र– मृगशिरा,अहोरात्र । योग सुकर्मा,०६ बजेर ४२ मिनेट उप्रान्त धृति । करण– बालव,१२ बजेर २१ मिनेट उप्रान्त कौलव,२४ बजेर १९ मिनेट उप्रान्त तैतिल ।

आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–वृष,१७ बजेर २३ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ६ बजेर १२ मिनेटमा, सूर्यास्त १८ बजेर ४९ मिनेटमा । दिनमान ३४ घडी ०२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घरायसि कुरामा आफन्त तथा कुटुम्वसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा समय दिन नपाईने तथा थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।

पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमी कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तर पनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् ।

कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ ।

अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ ।

प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शुभचिन्तक तथा परिचित व्यक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

पुराना विवादलाई सल्टाउन तपाईको महत्वपुर्ण भुमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

यात्रा गर्दा ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दागदै प्रतिस्पर्धिहरुले खुट्टा तान्नेछन् । खोजीमुलक क्षेत्रमा नतिजा हात पार्नको लागि धेरै नै खट्नु पर्नेछ ।

अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग विवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ ।

महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरु सँग राय बाजिनेछ ।

माया प्रेममा धोका तथा विस्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट घाटा लाग्नेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यापारमा मन्दि आउनेछ ।

मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ ।

उपहार तथा भौतिक सम्पत्ती हात लागि हुने योग रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय मध्ययम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ ।

विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

पढाई लेखाईमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अरुको विस्वास जिती काम गर्न नसक्दा समयभन्दा पछी परिनेछ । कामगर्ने भन्दा आश्वासन बाँढ्नेहरु सक्रिय हुनेछन् ।

पढ्ने लेख्ने काममा मन नजादा नतिजा अरु तिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लगनशीलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीकोसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।

प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईमा मन जानेछ भने । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?