नायक आशिष ‘आईसीयु’मा, कसैले सहयोग नगरेपछि सलमानलाई गुहारे

काठमाडौं । ससुराल सिमरका नायक आशिष राय मुम्बईको एक अस्प्तालमा आईसीयुमा भर्ना भएका छन् । उनको अवस्था चिन्ताजनक छ ।

उनी आईसियुमा भर्ना भएको खबर त्यतिबेला भाइरल बन्यो जब आशिष आफैँले आफ्नो फेसबुक अकाउन्टमार्फत आर्थिक सहयोगको गुहार मागे ।

आशिषले बलिउडका अन्य अभिनेतासँग पनि आर्थिक अवस्था खराब भएकाले सहयोग मागेका छन्, तर अहिलेसम्म कुनै सहयोग मिलेको छैन ।

सलमान खानसँग सहयोग माग्ने

आशिषको दुबै मिर्गौलाले काम गर्न छाडेको छ । आशिषले स्पटब्वाई वेवसाइटसँगको कुराकानीमा भनेका छन् – ‘मेरो डायलिसिस जारी छ । तर स्वास्थ्यमा कुनै सुधार देखिएको छैन । मलाई थाहा छैन कि कहिलेसम्म यहाँ उपचार गर्न पाउनेछु किनकी, हरेक दिन अस्पतालको बिल बढिरहेको छ ।

उनले सामाजिक सञ्जालमा आफ्नो बैंक डिटेल्ससहित सहयोगको याचना गर्दा पनि कुनै सहयोग नआएको दुखेसो गरेका छन् । साथी सुरज थापरले सहयोगका लागि हर–सम्भव प्रयास गरे पनि लकडाउनका कारण उनले समस्या सिर्जना भएको बताए ।

उनल भने, ‘अब सलमान खानमै आशाको किरण बचेको छ । मैले उनको फाउन्डेशन बिर्इङ ह्युमनसँग सुरजमार्फत सम्पर्क गर्ने कोशिस गरिरहेको छु किनकी सुरजले सलमानसँग काम गरिसकेका छन् ।

बेरोजगार छन् आशिष

२०१९ को शुरुवातमा आशिषलाई पक्षघात भएको थियो । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘ म प्यारालाइसिस स्ट्रोकपछि ठीक भएँ । तर काम मिलेन ।

अहिले आफ्नो बचत रकमले जिन्दगी चलाइरहेको छु र यो पनि सकिनेवाला छ । म आफ्नी बहिनी नजिकै कोलकत्तामा सिफ्ट हुनेछु । तर इन्ड्रस्टीमा कसैले त मलाई काम दिनुपर्छ , नत्र तपाईलाई थाहा छ मेरो अवस्था के हुन्छ ।

आशिष एक भ्वाईस ओभर आर्टिस्ट पनि हुन् । उनले हलिउड फिल्म ‘जोकर को हिन्दी भर्सनमा आफ्नो आवाज दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?