धनुषा । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका-७ बस्ने ५६ वर्षीय किशोरी साहसहित ५ जनालाई नगद २ लाख ७ हजार ५ सय ८५ रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी वाटिकाको गेष्ट-हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त गेष्ट-हाउसभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया