एलपी पौडेल / सुर्खेत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको डरका कारण गरिएको लकडाउनमा पनि कर्णाली प्रदेशमा विकास निर्माणका कार्य नरोकिने भएका छन् । शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले विकास निर्माणका कामहरुलाई निरन्तरता दिने जसका लागि आवश्यक जनशक्ति ओसारपसार गर्न पाइने निर्णय गरेको हो ।
।
बैठकले प्रदेश सरकारको नीति अनुरुप आयोजना विशेषका लागि आवश्यक पर्ने निर्माण सामग्री र सीपयुक्त जनशक्ति (प्राविधिक जनशक्ति) जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्थामा आयोजना संचालन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि जनशक्ति र निर्माण सामग्री सहज आगमनको व्यवस्था मिलाउने निर्णाय गरेको हो । जनशक्तिको कोरोना परिक्षणपश्चातमात्रै निर्माणस्थल लगिनेछ ।
बैठकले भारतबाट आउने नेपालीहरुलाई सीमा नाकामै परीक्षण गरी संक्रमण नदेखिएका व्यक्तिलाइ मात्र आफ्नो प्रदेश र जिल्ला पठाउने व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
भारतबाट आउने व्यक्तिहरु विना परीक्षण प्रदेशमा प्रवेश गरेको अवस्थामा प्रदेशको प्रवेश विन्दुमै आरडिटी परिक्षणा र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समय पश्चात पिसिआर परिक्षणको प्रबन्ध सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया