सुर्खेतमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । सुर्खेतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमाका दुई जिल्लामा कोरोनाको संक्रमण फैलिएको हो ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुर्खेतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सुर्खेतमा आज  कोरोना संक्रमित २ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अगाडि कर्णाली प्रदेशको दैलेखमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी लकडाउनकाबीच भारतबबाट लुकीछिपी नेपाल आएका थिए । यसैबीच आज मात्रै नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८४ पुगेको छ भने ७० जना उपचार पछि निको भएका छन् ।

त्यस्तै ३ जनाको अहिलेसम्म कोरोना भाइरसको महामारीबाट मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?