बाँकेमा एकैपटक थपिए २७ जना कोरोना संक्रमित

काठमाडौं । बाँकेमा आज मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (शनिवार) गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज भेटिएका संक्रमितहरु बाँकेको नरैनापुरस्थित मदरसामा रहेका वर्ष १७ देखि ३२ सम्मका पुरुष ६ जना, नरैनापुर ३ बाँकेका राष्ट्रिय प्राबि गेग्लीको क्वारेन्टाइनमा रहेका १६ देखि ३२ का १५ जना पुरुष र त्यस्तै नरैनापुर १ बाँकेकै महातनियाका २२ देखि ५० वर्षका ६ जना पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा आज शनिवार मात्रै ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ५८४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ र ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?