नेपालमा कोरोना अपडेट : ५८४ पुगे संक्रमित, कुन प्रदेशमा कति ? (विवरण सहित)

काठमाडौं- नेपालमा आज शनिबार बिहान र दिउँसो गरी ६८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।

जसमध्ये ५०५ जना पुरुष र ७९ जना महिला रहेका छन् । नेपालमा गत वर्षको माघ महिनाको ९ गते पहिलो संक्रमण पुष्टि भएको ४ महिना बितिसकेको छ । पछिल्लो समय परीक्षणको दायरा बढाउनेबित्तिकै नेपालमा संक्रमित थपिएको थपियै छन् । ३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

कति भयो परीक्षण ? 

नेपालमा पिसीआर विधीबाट हालसम्म ४५ हजार ९ सय ५७ वटा परीक्षण भएको छ ।

गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट ३ हजार ४ सय ९४ वटा परीक्षण भएको छ ।

यस्तै आरडीटि विधबाट हालसम्म ८६ हजार २३५ वटा परीक्षण भएकोमा गत २४ घण्टामा मात्रै ४ हजार १ सय १९ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आरडिटी परीक्षणको प्रादेशिक विवरणअनुसार प्रदेश १ मा १० हजार १ सय ६९ जना, प्रदेश २ मा ६ हजार ३ सय ८ जना, वाग्मती प्रदेशमा २१ हजार ७ सय १२ जना, गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जना, प्रदेश ५ मा ११ हजार ४ सय ८९ जना कर्णाली प्रदेशमा ९ हजार ३९ जना र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ जनामा कोरोना जाँच गरीएको छ ।

कुन प्रदेशको क्वारेन्टाईनमा कति छन् ?
प्रदेश १ मा १हजार ४ सय ६१ जना रहेका छन् भने प्रदेश २ मा ६ हजार १० जना रहेका छन् । त्यस्तै वाग्मती प्रदेशमा ५ सय ३५ जना रहेका छन् भने गण्डकी प्रदेशमा १७ हजार १ सय ३० जना रहेका छन् । त्यस्तै कर्णली प्रदेशमा ४ हजार १ सय २ जना रहेका छन् । यसरी कुल ३२ हजार ५ सय सतासी जना देशभरका विभिन्न क्वारेन्टाईनमा छन् ।

आईसोलेसनमा छन् ५०८ जना
प्रदेश १ मा ६० जना, प्रदेश २ मा १ सय ६६ जना, वाग्मती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा २४७ जना कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना रहेका छन् । उनीहरु सबै संक्रमितको उपचार भइरहेको छ । सबैजनाको अवस्था सामान्य छ भने चिकित्सकको निगरानीमा रहेका छन् ।

हालसम्म कति भए निको ?
हालसम्म नेपालमा ७० जना डिस्चार्ज भएका छन् । तिमध्ये प्रदेश १ मा २६ जना, प्रदेश २ मा ६ जना, वाग्मती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल ७० जना उपचारपछि निकोभएर घर फर्केका छन् । यसरी निको भएकाहरुले आफूहरुलाई यो भाइरसको कारण निकै अप्ठेरो स्थिती गुजारेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि : 
काठमाडौंका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै काठमाडौंमा जम्मा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । राष्ट्रिय जनस्ववास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।

बाँकेमा एकैपटक थपिए २७ जना कोरोना संक्रमित
बाँकेमा आज मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शनिवार गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । आज भेटिएका संक्रमितहरु बाँकेको नरैनापुरस्थित मदरसामा रहेका वर्ष १७ देखि ३२ सम्मका पुरुष ६ जना, नरैनापुर ३ बाँकेका राष्ट्रिय प्राबि गेग्लीको क्वारेन्टाइनमा रहेका १६ देखि ३२ का १५ जना पुरुष र त्यस्तै नरैनापुर १ बाँकेकै महातनियाका २२ देखि ५० वर्षका ६ जना पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

रेड जोनमा छन् ४४३ जना
नेपालमा रेड जोन अर्थात् संभावित संक्रमितको सूचीमा ५ जना नयाँ व्यक्ति थपिएका छन् । यसअघि मन्त्रालयको मोबाईल एप्लिकेसन र वेवसाईटमा यसरी विवरण भरेका कुल ४७ हजार ९ सय ६९ जना रहेकोमा गत २४ घण्टामा ५ जना नयाँ संक्रमित थपिएका हुन् । गत २४ घण्टामा मात्रै आफूलाई कोरोनासाग मिल्दोजुल्दोलक्षण देखिएका वा आफू संभावित संक्रमित हुँ वा होईन भनी जाँचका लागि मन्त्रालयको वेवसाईटमा दिइएको फाराम र मोबाईल एप्लिकेसनमार्फत् स्वमूल्याकंन गर्नेको संख्या ७०८ रहेको छ । पछिल्लोपटक थपिएका संभावित संक्रमित काठमाडौं, रुपन्देही, बर्दिया, झापाका रहेका छन् । उनिहरुको कन्ट्रयाक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति पुगे संक्रमित 
प्रदेश १ मा ८६ जना संक्रमित छन् भने प्रदेश २ मा १ सय ७२ जना, वाग्मती प्रदेशमा ३२ जना मृतकसहित, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २७१ जना, कर्णाली प्रदेशमा ४ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना गरी कुल संक्रमित संख्या ५ सय ८४ जना पुगेका छन् ।

दिउँसो थपिए ३६ जना, संक्रमितको संख्या ५८४ पुग्यो
नेपालमा दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भयो। सेती प्रादेशिक अस्पताल, कोशी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा बैतडीका ४ जना रहेका छन् । सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा २० वर्षका २ जना पुरुष, २२ र २७ वर्षका अन्य २ जना पुरुष रहेका छन् ।

बैतडी शिवनाथका ४ जनामा आरडिटी पोजेटिभ देखिएर उपचाररत उनीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै अर्का झापाका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार उनी झापाको झापा गाउँपालिकाका बासिन्दा हुन् भने कोसी अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बर्दियाका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको बदैयाताल निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुर्खेतका २ महिला र १ पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाँकेमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नरैनापुर मदरासाका १७ देखि ३२ वर्ष उमेरसमुहका ६ जना पुरुष रहेका छन् ।

त्यस्तै बाँके नरैनापुर गाउँपालिका ९३० को राष्ट्रिय प्रावि गोगलीको क्वारेन्टाइनमा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु १६ देखि ३२ वर्ष उमेरसमुहका रहेका छन् ।

त्यस्तै बाँके नरैनापुर १ को राष्ट्रिय प्रावि महाननियामा गरिएको परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा २२ देखि ५० वर्ष उमेर समुहका रहेका छन् । उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना
पर्साको वीरगन्ज्स्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभआएसँगै डिस्चार्जको तयारी गरिएको छ ।

शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए ।
उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् ।

सुर्खेतमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
सुर्खेतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमाका दुई जिल्लामा कोरोनाको संक्रमण फैलिएको हो । स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुर्खेतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सुर्खेतमा आज कोरोना संक्रमित २ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अगाडि कर्णाली प्रदेशको दैलेखमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी लकडाउनकाबीच भारतबबाट लुकीछिपी नेपाल आएका थिए । यसैबीच आज मात्रै नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८४ पुगेको छ भने ७० जना उपचार पछि निको भएका छन् ।

त्यस्तै ३ जनाको अहिलेसम्म कोरोना भाइरसको महामारीबाट मृत्यु भईसकेको छ ।

नेपालमा बिहानै थपिएका संक्रमित कहाँका हुन् ? यस्तो छ विवरण

नेपालमा बिहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज एकाबिहानै थपिएका संक्रमितहरु कपिलवस्तुमा ८ जना रहेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिकाका वर्ष १७, १९, २२, २९, ३५, ४० र ४२ का पुरुष तथा २७ वर्षीय महिला रहेका छन् । उनीहरुको राष्ट्रिय प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै राष्ट्रिय प्रयोगशाला काठमाडौंमै गरिएको स्वाब परीक्षणमा सार्लाहीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सर्लाही गोडैता कविलासी नगरपालिकाका वर्ष १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमै गरिएको स्वाब परीक्षणमा बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमै गरिएको स्वाब परीक्षण्मा काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिउको स्वाब परीक्षणमा रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका वर्ष २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।No photo description available.

 

 

 

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४१ जिल्लाहरूको विवरणः

पर्सा ९१
रुपन्देही ३७
उदयपुर ३३
कपिलवस्तु ७७
बाँके १४२
काठमाडौं १३
धादिङ २
कैलाली ७
बारा ११
धनुषा ९
रौतहट २२
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ३
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २
सर्लाही ३२
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ५
धनकुटा ७
गुल्मी १
खोटाङ १
दैलेख १
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
जम्मा ५८४

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ १० गतेसम्म ५ सय ८४ जनालाई संक्रमण पुष्टि भएको छ । नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो । परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?