सुर्खेत । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणाका लागि नेपालगन्ज पठाइएको थियो ।
नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू तीनैजना सुर्खेतका नागरिक हुन् । डाक्टर खड्काका अनुसार सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जनालाई प्रदेश अस्पताल सुर्खेत को आईसोलेसन कक्षमा शुक्रबार नै लगिएको छ । उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
उनिहरूला गएको विहिवार भारतबाट उद्वार गरि ल्याइ बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिएको हो ।
यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै कर्णाली प्रलेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ । यद्यपी यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छैन ।
विश्वभर मानव जातिको अस्तित्व नै खतरामा पार्ने गरी भयावह भएर फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ का कारण नेपालमा आज शनिबार मात्रै ३२ जना थपिएका छन् भने कुल संक्रमितको संख्या ५४८ पुगेको छ । यसअघि काठमाडौंको ग्राण्डीमा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो ।
यो पनि पढ्नुहोस् :
ग्राण्डी अस्पतालमा कोरोना संक्रमित भेटिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया