पोखरा, २ फागुन । प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् । उनले बुधबार मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता दिने अधिकारीको मात्र उम्मेदवार परेको हो मनोनयनका लागि बुधबार बिहान १०ः३० देखि १२ः३० बजेभित्र मनोनयन दर्ता गर्ने समयसिमा तोमिएको थियो अधिकारीको प्रस्तावमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरुङ रहेका छन् प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई सभामुख दिने गरी भागबन्डा गरिएको थियो । माओवादीको संसदीय बैठकले अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको थियो त्यस्तै प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सपथ लिने कार्यसूची तय गरिएको थियो । तर, सुब्बानका काकीको निधन भएपछि २ दिन पछाडि सरेको हो । बुधबार दिउँसो २ बजेलाई शपथ कार्यक्रम राखिएकोमा गुरुङकी काकी आमा ८२ वर्षीय रतनकुमारी गुरुङको मंगलबार बिहान निधन भएपछि शुक्रबार अर्थात् फागुन ४ गतेका लागि सारिएको हो यसैगरी भोलि बिहीबार सभामुख चुनिने भएपछि शुक्रबार सभामुख र मुख्यमन्त्रीको सँगै सपथ हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ फागुन ४ गते शुक्रबार बिहान ९ः३० बजे शपथको कार्यक्रम तय गरिएको प्रदेश सचिव देवीप्रसाद ज्ञावलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया