बुन्डेसलिगा फुटबलमा आज पाँच खेल हुँदै

काठमाडौं । कोरोना भाईरसको भयावहबीच जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेल हुँदैछ । बुन्डेसलिगामा शनिबार शीर्ष स्थानको वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिग लिडर वायर्नले घरेलु मैदानमा फ्रान्क्फर्टसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ । घरेलु मैदानमा जित निकाल्दै वायर्न उपाधि होड बलियो बनाउन चाहन्छ । वायर्नले २६ खेलमा ५८ अंक जोडेको छ । २८ अंक जोडेको फ्रान्क्फर्ट १३ औं स्थानमा रहेको छ ।

यस्तै, दोस्रो स्थानको डर्टमण्डले वुल्फवर्गको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ । डर्टमण्ड घरेलु टोलीलाई स्तब्ध पार्दै शीर्ष स्थानको वायर्नलाई दबाबमा राख्न चाहन्छ ।

दोस्रो स्थानको डर्टमण्ड वायर्न भन्दा ४ अंकले पछि रहेको छ । डर्टमण्डको ५४ अंक रहेको छ । ३९ अंक जोडेको वुल्फवर्ग छैटौं स्थानमा रहेको छ । अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडवाच र बायर लिभरकुसेन, फ्रेईवर्ग र वेर्डर ब्रेमेन तथा पाडेरबर्न र होफेनहाइमबीच खेल हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?